यस वर्षको मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई

  २०८१ भदौ १४ गते १३:३१     विकासन्युज

काठमाडौं । यस वर्षको मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’ लाई प्रदान गरिएको छ ।

शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले २०८० सालको मदन पुरस्कार ‘मुकाम रणमैदान’ लाई दिने निर्णय गरेको हो ।

यस्तै, बैठकले प्राडा योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० पुरस्कार दिने निर्णय गरेको छ । दुवै पुरस्कारको राशि ४–४ लाख रुपैयाँ छ ।

२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो ।

जसमा मैनालीको मुकाम रणमैदानसँगै भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए ।