२०८१ साउन २५ गते १७:१६ विकासन्युज
काठमाडौं । मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले एक वर्षअघिको तुलनामा आर्थिक वर्ष २०२३/२४ मा करिब ११ प्रतिशत अर्थात् ४२ हजार कर्मचारीलाई जागिरबाट निकालेकाे छ ।
एसियाकै सबैभन्दा धनी मुकेश अम्बानीको संस्था रिलायन्सले खर्च व्यवस्थापनका लागि कर्मचारी संख्या घटाएको जनाएको छ । यो कटौती विशेष गरी खुद्रा क्षेत्रमा भएको छ, जहाँ कम्पनीका धेरै स्टोरहरू बन्द थिए र उनीहरूको विस्तारमा पनि कमी आएको थियो ।
भारतको सबैभन्दा ठूलो रिटेल सञ्जाल र टेलिकम नेटवर्क सञ्चालन गर्ने रिलायन्सले नयाँ नियुक्ती संख्यासमेत घटाएको छ ।
आर्थिक वर्ष २०२४ मा कम्पनीको कर्मचारी संख्या ३ लाख ४७ हजार रहेकोमा एक वर्षअघि अर्थात आर्थिक वर्ष २०२३ मा ३ लाख ८९ हजार थियो । कम्पनीको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार नयाँ कर्मचारी नियुक्ति संख्या एक तिहाइभन्दा बढीले घटेर १ लाख ७० हजारमात्रै छ ।
कम्पनीले आफ्नो रिटेल व्यवसायमा सबैभन्दा ठूलो कटौती गर्यो । यसअघि आर्थिक वर्ष २०२२/२३ मा कर्मचारी संख्या २ लाख ४५ हजार रहेकोमा आर्थिक वर्ष २०२३/२४ मा कर्मचारीको संख्या २ लाख ७ हजारमा झरेको थियो । उही समयमा जियोमा एक वर्ष पहिले कर्मचारी संख्या ९५ हजार थियो । यो आर्थिक वर्ष ९० हजारमा झरेको छ । एजेन्सी
Copyright © 2024 Bikash Media Pvt. Ltd.