२०८१ साउन २४ गते ८:४६ विकासन्युज
परम्परागत रुपमा हिन्दु नारीहरुले मनाउँदै आएको र पछिल्लो समय अधिकांश नेपाली नारीहरुले मनाउन थालेको तीज पर्वमा नेपाली महिलाहरुको सम्पन्ता प्रदर्शन हुन थालेको छ । तीज मनाउन नारीहरु माइत जानु, वर्षभरी घरमा भोगेका दुःखसुखको भावना गीत मार्फत अभिव्यक्त गर्नु, मिठो मसिनो बनाएर दर खानु, ब्रर्त बस्नु, खोला नदीमा गएर कुस र दत्तिवनले नुवाईधुवाई गर्नु, ऋषि पञ्जमीमा पुजा लगाउनु तीजको परम्परागत अभ्यास हुन् ।
तर पछिल्ला वर्षमा तीज मनाउने अभ्यासमा व्यापक परिवर्तन भएको छ । दर खाना माइत होइन, तीज आउनु भन्दा एक महिना अघिदेखि होटलमा पार्टी गर्नु, व्याङकेटमा पार्टी गर्नु, अफिसअफिसमा भोज खानु, टोल टोलमा भोज खानु तीजको नयाँ परिभाषा बन्दै गएको छ । महँगा महँगा साडी किन्नु, भोजै पिच्छै नयाँ साडी लगाउनु, भारीयुक्त ठूला ठूला सुनका गहनाको लगाएर फोटो खिन्नु, भिडियो बनाउनु, समाजिक सञ्जालमा पोष्ट गर्नु तीजको कार्यकलाप भएका छन् । तीजको बेलामा महिलाको लवाई, खवाई, गाई, नचाईबारे यूट्युव, टिकटक, फेसबुक, इन्ट्राग्राव, एक्स जस्ता सामाजिक सञ्जालमा जति पोष्टिन्छन्, त्यति कुनै पनि पर्वमा पोष्टिदैनन् ।
अफिसमा भोज गर्दा एउटै जात र कलरको साडी लगाउनु, टोलमा भोज गर्दा एउटै जात र रंगको साडी लगाउनु, पार्टी, क्लव, संघ, संस्था, सहकारी सबैमा सदस्यहरुले साझा ड्रेस लगाउनु पर्ने तीजमा महिलाको माग बन्दै गएको छ । तीज नजिकदै गर्दा कर्पोरेट क्षेत्रमा, साडी, वाइन, वियर, ह्विस्की, ड्राइफूड उपहार पठाउने अभ्यास पनि थालनी भएको छ । तीजमा नेपाली महिलाका गतिविधि हेर्दा लाग्छ, नेपाली जति धनी विश्वमा कोही छैन, नेपाली जति फूर्सदिला संसारमा कोही छैन ।
तीज अघिका ४ हप्ता र तीज पछिको एक हप्ता गरी करिव ५ हप्ता ५१ प्रतिशत जनसंख्या रहेको महिलाहरु तीजमा केन्द्रीन हुन्छन् । उनीहरुको सोच, गफ, कार्यकलाव तीजमा केन्द्रीत हुन्छन् । तीजमा महिला जे जे उपभोग गर्छन, तीनको व्यापारको उच्च विन्दुमा यहि बेलामा हुने गर्छ । तीजमा गहना, साडी, कुर्ता, चुरा, धागो, महेन्दीको बजार रकेट झै माथि जान्छ नै, पछिल्लो समय, ध्यू, तेल, चामल, मैदा, माछा मासु, फलफूलको व्यापार पनि दशैंकै हाराहारीमा उच्चस्तरको व्यापार हुन थालेको छ । उपभोगमा वृद्धिले अर्थतन्त्रलाई गतिशिल बनाउन मद्दत गर्छ । उपभोग वृद्धि गर्दा नेपालको अर्थतन्त्रमा धेरै समस्या समाधान हुने तर्क गर्दै आएका अर्थमन्त्री विष्णु पौडेललाई लाग्दो हो-तीज साउन र भदौमा मात्र होइन, वर्ष भरी नै चलिरहे हुन्थ्यो ।
तर ऋण गरेर पनि खाने, पिउने, लाउने, घुम्ने, नाच्ने, आफू सम्पन्न छु भनेर प्रदर्शन गर्ने तीजको विकृत संस्कार व्यक्ति, परिवार र आयातमुखी अर्थतन्त्र सबैलाई लाभदायक छैन । विश्वका धनी देशमा पनि क्रिस्मस वा नयाँ वर्ष जस्ता पर्वमा एक/दुई दिन मात्र मानिसहरु रमाइलोमा मस्त हुन्छन् । नेपालीहरु २ दिने तीज मनाउन ५ हप्ता समय खर्च गदैछन् । दशैं, तिहार, छट जस्ता ठूला पर्वहरुमा नेपालीले एक महिना भन्दा बढी समय बिताउने गर्छन । हरेक संक्रान्ति, औंसी, पूणर्िमा, एकादशी वा अन्य कयौं तिथिमा नेपालीहरुको चाड पर्व हुन्छन् । सबैमा त्यत्तिकै समय व्यतित भईरहेको छ । यसले समग्रमा उत्पादन वृद्धिमा ठूलो अवरोध सिर्जना गरेको छ । यस्तो संस्कारमा सुधार जरुरी छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.