२०८१ साउन १७ गते ७:४७ विकासन्युज
काठमाडौं । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले लाभांश वितरण गर्ने भएको छ । योजना व्यवस्थापक तथा डिपोजिटरी एनआईसी एशिया क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले डाईनामिक डेप्ट फण्डका इकाईधनीहरूलाई १० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
डाईनामिक डेप्ट फण्डको गत आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण सम्पन्न भइसकेपछि इकाईधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त खुलामुखी योजनाको कोष प्रवर्द्धक एनआईसी एशिया बैंक रहेको छ ।
साथै लाभांश वितरण प्रयोजनार्थ साउन १७ गते बुक क्लोजग गर्ने निर्णय गरेको छ । त्यसैले साउन १६ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।
एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड इकाईधनीहरूले लाभांश प्राप्त पश्चात् समायोजित मूल्यमा पुनः लगानी योजनामार्फत् उक्त रकमले थप इकाईहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ । जसका लागि साउन ३२ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.