रिलायन्स स्पिनिङको आईपीओ बिक्री प्रक्रिया स्थगित

  २०८१ असार २६ गते १५:०७     विकासन्युज

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्काशन तथा बिक्री प्रक्रिया स्थगित भएको छ । नेपाल धितोपत्र बोर्डले अर्को सूचना सार्वजनिक नभएसम्मका लागि आईपीओ बिक्री प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।

बुक विल्डिङ्गमार्फत् आईपीओ निष्काशन प्रक्रिया अघि बढाएको कम्पनीका विरूद्ध संसदको सार्वजनिक लेखा समितिमा उजुरी परेपछि नेपाल धितोपत्र बोर्डलाई विभिन्न प्रश्न सोध्दै स्पष्टिकरण मागेको छ । कम्पनीको वित्तीय विवरणमा उल्लेख प्रतिसेयर आम्दानी, प्रक्षेपण गरिएको प्रतिसेयर आम्दानी र चैत मसान्तमा प्रकाशित वित्तीय विवरणमा उल्लेखित प्रतिसेयर आम्दानीमा धेरै अन्तर परेको बारेमा पनि समितिले बोर्डसँग स्पष्टीकरण माग गरेको हो ।

लेखा समितिको पत्रपश्चात् बोर्डको बुधबार बसेको बैठकले कम्पनीको आईपीओ निष्काशन प्रक्रिया रोक्ने निर्णय गरेको हो । कम्पनीले दोस्रो चरणमा असार २९ गते वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गर्ने मिति तय गरेको थियो । तर, बोर्डले प्रक्रिया स्थगित गर्न निर्देशन दिएपछि अनिश्चितकालका लागि रोकिएको हो ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर ८२०.८० रुपैयाँमा आईपीओ बिक्री गर्न लागेको हो । योग्य संस्थागत लगानीकर्ताले भने प्रतिकित्ता ९१२ रुपैयाँमा आईपीओ खरिद गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.