२०८१ असार २६ गते ८:०८ विकासन्युज
काठमाडौं । ज्योति विकास बैंंक लिमिटेडले सर्वसाधारणका लागि आफ्ना सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
बैंकको उक्त सेयर संस्थापक सेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।
बैंकले बिक्रीमा ल्याएको सेयरको संख्या भने खुलाएको छैन् ।
उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा कम्पनीले ३५ दिनभित्र आवश्यक पर्ने कागजातसहित काठमाडौं कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्नेछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.