सर्वसाधारणका लागि आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

  २०८१ असार २६ गते ७:२८     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

संस्थाले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको २ लाख ३८ हजार ७ सय ५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले बुधबार एक सूचना जारी गरी संस्थापक सेयरधनीहरू नेपाल इन्भेष्टमेण्ट प्रालिको २ लाख २३ हजार १ सय ७२ कित्ता, प्रभु ग्रुप प्रालिको ११ हजार ४ सय २९ कित्ता र तारा कुमारी भट्टचनको ४ हजार १ सय ५७ कित्ता गरी २ लाख ३८ हजार ७ सय ५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ ।

उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूलय २९९ रुपैयाँ तोकिएको छ ।

यो सेयर संस्थापक सेयरधनीले खरिद गर्न नचाहेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।

यो सेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा कम्पनीले ७ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–१३, साँगास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.