२०८१ असार २५ गते १५:३१ विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.७९ अंकले बढेको छ । मंगलबारको कारोबारमा परिसूचक ०.७३ प्रतिशतले बढेर २ हजार १ सय ५२.१४ अंकमा पुगेको छ ।
विभिन्न ३ सय १६ कम्पनीका ११ लाख ६६ हजार १ हजार २ सय ८ कित्ता सेयर ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।
यस दिनको कारोबारमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
साथै, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९१, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ९.७९ र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.१५ प्रतिशतले बढेको छ ।
त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को सेयर मूल्य ५.४७, नेपाल फाइनान्सको ४ प्रतिशत, बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य ३.९० प्रतिशतले घटेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.