संसदका कर्मचारीको भत्ता बढाइने, ७ बुँदे सहमति

  २०८१ असार १० गते १८:२६     विकासन्युज

काठमाडौं । सरकारले आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीको भत्ता बढाउने भएको छ ।

सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच ७ बुँदे सहमति भएको हो ।

सहमतिअनुसार कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने छ ।

२१ दिनदेखि संसद् सचिवालयमा कार्यरत कर्मचारी खाजा, आवासका साथै अतिरिक्त समयमा काम गरेको भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.