आगामी कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिनहुँ १० घण्टा बन्द हुने

  २०८१ असार १० गते १५:४६     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिनहुँ १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयले आगामी कात्तिक २३ गतेदेखि दिनहुँ १० घण्टाका दरले बन्द गर्न लागिएको जनाएको छ ।

विमानस्थल कार्यालयलका अनुसार धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत काम गर्नुपर्ने भएकाले पाँच महिनासम्म यो व्यवस्था लागू गर्न लागिएको सूचनामार्फत जनाएको छ ।

सूचनामा अनुसार कात्तिक २३ बाट चैत १८ सम्म त्रिभुवन विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालनमा रहने छ । विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ ।

काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएसँगै वायुसेवा कम्पनीहरूले आफ्नो निर्धारित उडान समय परिमार्जन गनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.