२०८१ असार ९ गते ११:३६ विकासन्युज
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक तथा अध्यक्ष सुवर्ण पौडेलको राजीनामा स्वीकृत भएको छ ।
शुक्रबार साँझ ५ बजे बसेको संस्थाको २१८औं सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव दिपित श्रेष्ठले बताएका छन् ।
उनका अनुसार पौडेलले असार ६ गतेबाट लागु हुने गरी आफ्नो बहाल पदबाट राजीनामा दिएका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.