२०८१ असार ४ गते १७:३९ विकासन्युज
काठमाडौं । काठमाडौं महानगरपालिकाकाे स्वास्थ्य विभागले ‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न औषधी व्यवस्था विभागलाई सिफारिस गरेकाे छ ।
काठमाडाैं महानगरपालिकाका–३, महाराजगञ्जमा रहेको शिक्षण अस्पतालकाे प्रांगणमा रहेकाे उक्त फार्मेसीमा उपभोक्ताको गुनासोपछि महानगरपकाे अनुगमन टोलीले अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधी बिक्री गरेको स्वीकार गरेका थिए ।
पसलमा म्याद सकिएका औषधी पनि फेला परेका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.