होटल एलिस द वन्डर इनले १३.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

  २०८१ असार ३ गते ८:५७     विकासन्युज

काठमाडौं । होटल एलिस द वन्डर इन लिमिटेडले १३.५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले असार १९ गते विशेष साधारणसभा बोलाएको छ ।

कम्पनीको सभा आगामी असार १९ गते नयाँबानेश्वरमा रहेको कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजे आयोजना हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजी ९ करोड रुपैयाँको १३.५ प्रतिशत अर्थात् १०० कित्ता सेयर बराबर १३.५ कित्ताका दरले हकपद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

हकप्रद सेयर जारीपछि कम्पनीको पुँजी वृद्धि हुने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.