२०८० मंसिर ५ गते १६:३५ विकासन्युज
काठमाडौं । आचार्य बन्धु समाज नेपालले जुत्तामा आचार्य लेखिएको भन्दै कम्पनीलाई अनुसन्धान गरी कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा निवेदन दिएको छ ।
आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यको एक टोलीले सोमबार महाराजगञ्जस्थित सिआइबीको कार्यालयमा निवेदन दर्ता गराएका हुन्।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले साइबर ब्यूरोमा अनुसन्धानका लागि पठाइने र प्रहरीले आफ्नो अधिकारअनुसार दोषीलाई कारबाही गर्ने बताए।
केही दिन अगाडिको आचार्य बन्धु समाज नेपालको केन्द्रीय समिति बैठकले जुत्ता कम्पनीविरुद्ध सिआइबीमा निवेदन दिने निर्णय गरेको थियो।
Copyright © 2024 Bikash Media Pvt. Ltd.