२०८० भदौ २८ गते १८:५४ विकासन्युज
काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कुल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गर्नेछ । यससँगै लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा सानिमा तेस्रो बैंक बनेको छ ।
बैंकले यसअघि अघिल्लो आर्थिक वर्ष २०७८/७९मा बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७७/७८ मा बैंकले सेयरधनीहरुलाई १७ प्रतिशत बोनस सेयर र ०.८९४७ प्रतिशत नगद गरी कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ३.६ प्रतिशत नगद गरि कुल १३.६० प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७५/७६ मा १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरि कूल २०.०५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १० प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७३/७४ मा १६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
त्यसैगरी बैंकले आर्थिक वर्ष २०७२/७३ मा १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश, आर्थिक वर्ष २०७१/७२ मा २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश र आर्थिक वर्ष २०७०/७१ मा १५ प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरि कूल १६.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यसैगरी आर्थिक वर्ष २०६९/७० मा १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश, आर्थिक वर्ष २०६८/६९ मा ०.५५ प्रतिशत नगद लाभांश, आर्थिक वर्ष २०६७/६८ मा ६.५ प्रतिशत नगद लाभांश, आर्थिक वर्ष २०६६/६७ मा १० प्रतिशत बोनस र आर्थिक वर्ष २०६५/६६ मा ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.