२०८० भदौ २७ गते १२:१६ विकासन्युज
काठमाडौं । हङ्कङबाट तस्करी गरी ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणमा ३२ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वकिल कार्यालयमा बुझाएको तथ्यांकअनुसार हालसम्म २३ जना विदेशी र ९ जना नेपाली गरी कूल ३२ जना पक्राउ परेका हुन् ।
उनीहरुलाई कूल ३ अर्ब ५० करोड रुपैयाँ बराबरको बिगोसहित मुद्दा दायर भएको छ ।
सुन प्रकरणमा संलग्न व्यक्तिले ५ वटा कम्पनी खडा गरेर सुन ल्याउने गरेको पाइएको छ । जसमा ताइवान, हङकङ, भारत लगायतका देशका नागरिकको संलग्नता रहेको छ । थप संलग्न रहेका व्यक्तिको परिचय भने अझै खुल्न बाँकी छ ।
त्यस्तै, सुन प्रकरणमा चेन ब्रेकदेखि नयाँ नयाँ डिजिटल प्रविधि प्रयोग गरिएको भेटिएको छ । नेपाल प्रहरीसङ्ग भएका सबै प्रविधि प्रयोग गरेर अनुसन्धान गरिएको तर हालसम्म अनुसन्धान पूरा भइनसकेको सीआईबीको भनाई छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.