सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ को खुल्यो बुकिङ, मूल्य ३३ लाख देखि शुरु

  २०८० जेठ २३ गते १७:३०     विकासन्युज

काठमाडौं । सिट्रोनको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ इलेक्ट्रिक कार ई–सी३ को बुकिङ खुला गरेको छ।

उक्त कार भारतमा २०७९ को फागुनमा लन्च गरिएको थियाे। याे इलेक्ट्रिक कारको मूल्य भारतमा ११ लाख ५० हजार भारुबाट सुरु हुन्छ भने नेपालमा यसको मूल्य ३२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने बताइएकाे छ ।

४२ किलोवाटको मोटर जडान भएको यो इलेक्ट्रिक कार लाइभ, फिल, फिल भाइब प्याक, फिल डुअल–टोन भाइब गरी चार भेरिएन्टमा उपलब्ध छ।

सिट्रोन ई–सी३ मा २९.२ केडब्लुएचको ब्याट्री प्याक दिइएको छ जसले ५७ बिएचको पावर र १४३ एनएमको टर्क जेनेरेट गर्छ। सिट्रोनको याे ईभीले ८ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्ने दाबी गरिएको छ।

याे ईभीको ब्याट्रीलाई फुल चार्ज गर्न १० घन्टा लाग्छ भने डिसी फास्ट चार्जरबाट १ घन्टामा ८० प्रतिशतसम्म चार्ज हुन्छ । एकपटक फुल चार्ज गरेपछि याे कार ३ सय २० किलाेमिटर सम्म कुदाउन सकिने बताइएको छ ।

यो कारमा अटोमेटिक ड्राइभका लागि ई–टगल स्विच तथा सामान राख्न ३ सय १५ लिटरको बुट स्पेस दिइएको छ । यसमा ३५ स्मार्ट फिचर, २६ सेन्टिमिटर टचस्क्रिनसहितको वायरलेस स्क्रिन मिररिङ, स्टेयरिङ ह्विलमा अडियो र फोन कन्ट्रोल, ब्लुटुथ कनेक्टिभिटी, १८० एमएम ग्राउन्ड क्लियरेन्स तथा एलइडी डिआरएल जस्ता थुप्रै फिचर उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.