२०८० जेठ २३ गते १६:१८ विकासन्युज
काठमाडौं । आइआइएमएस कलेजले चाँगुनारायण नगरपालिकाको बागेश्वरीमा वृक्षारोपण कार्य गरेको छ । आइआइएमएस कलेज र चाँगुनारायण नगरपालिका वडा नम्बर ७ को सहकार्यमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्य भएको हो ।
कलेजले ४५ र वडाले १२ वटा गरी ५७ वटा समी, धुपी लगायत विभिन्न जातका बिरुवा रोपेको कलेजका डाइरेक्टर बृहत वाेश्वा बताए । वृक्षारोपण कार्यक्रममा कलेजबाट १५ जना भन्दा धेरै विद्यार्थीहरु साइक्लिङको माध्यमबाट सहभागी भएका थिए भने शिक्षक र विद्यार्थी गरी झण्डै ५० जनाको सहभागिता समेत रहेको थियो ।
चाँगुनारायणको सडक हरियाली गर्ने कार्यक्रममा कलेजको वृक्षारोपण कार्यक्रमले सहयोग पुगेको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ का अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए । उनले आफ्नो वडालाई हरियाली वडाको रुपमा विकास गर्ने उद्देश्य राखेकोले सो वृक्षारोपण अभियानलाई निरन्तर अगाडि बढाउने उनले बताए ।
कलेजले पढाइको अलावा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक, वातावरण तथा सहयोगको क्षेत्रमा कार्य गर्दै आएको छ । सोही सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नै सो कार्यक्रम गरेको एकेडेमिक डाइरेक्टर विश्वाले बताए ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.