बजाजको २५ वर्षे लिडरशिप योजना सम्पन्न

  २०८० जेठ २३ गते १६:१०     विकासन्युज

काठमाडौं ।  हंसराज हुलासचन्द एण्ड कम्पनीले रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको लिडरशिपको २५ वर्षे क्याम्पेन सम्पन्न भएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा उक्त क्याम्पेन संचालन गरेको थियो ।

अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो । जसमा विशेष २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, १० हजारसम्मको पक्का नगद छुट र भाग्यशाली २५ जना ग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश गरिएको थियो ।

हंसराज हुलासचन्द एण्ड कम्पनीका  निर्देशक अभिमन्यु गोल्छाले नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदानिकै नै खुसी भएको बताए । ‘भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ,’ उनले भने ।

यसका साथै बजाजको फ्री लि लि योजना पनि चालु रहेको छ । जस अन्तर्गत उपभोक्ताहरुले १२५ सिसिसम्मको बजाज बाइकको खरिदमा १९२ लिटरको सामसुङको रेफ्रिजेरेटर प्राप्त गर्न सक्नेछन् ।

बजाजको अर्को ५० प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याज दरको अफर पनि चालु रहेको छ, जस अन्तर्गत उपभोक्ताहरुले ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदरमा हुलास फिनसर्भ मार्फत फाइनान्समा बाइक खरिद गर्न सक्नेछन् ।

हंसराज हुलासचन्द एण्ड कम्पनी नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.