२३ अंकले बढ्यो सेयर बजार, दुई अर्बको कारोबार

  २०८० जेठ २३ गते १५:१४     विकासन्युज

काठमाडौं । सेयर बजार मंगलबार २३.१२ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार मंगलबार सेयर बजार बढेर १९२५.१२ विन्दुमा पुगेको छ ।

आज ५३ लाख ८२ हजार ३४२ कित्ता सेयर बिक्री हुँदा एक अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सोल्टी होटलले ९ करोड ६८ लाख रुपैयाँको कारोबार गरेको छ ।

नेप्सेको अनुसार आज न्यादी हाइड्रोपावर र सनराइज फोकस्ड इक्विटी फण्डको सेयर सकारात्मक लेभलमा कारोबार भएको छ  । न्यादी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँले बढेको हो भने सनराइज इक्विटी फण्डको मूल्य प्रतिकित्ता ०.७३ रुपैयाँले वृद्धि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.