हकप्रद सेयर प्रस्ताव पारित गर्न रिडी पावरले डाक्यो विशेष साधारणसभा

  २०८० जेठ २३ गते ८:३२     विकासन्युज

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको जेठ २२ गते बसेको बैठकले असार ८ गते काठमाडौंमा विशेष साधारणसभा बोलाएको हो ।

सहायक कम्पनी मार्फत निर्माण गर्न लागिएको तल्लो बलेफि जलविद्युत आयोजनाका लागि आवश्यक स्वपूँजी लगानीका लागि विद्युत नियमन आयोगद्वारा प्राप्त सहमति बमोजिम हाल कायम रहेको सेयर संख्या १ अर्ब ५४ करोड ८९ हजार १२ कित्ता सेयर बराबर ०.५० सेयर अर्थात् विद्यमान १ कित्ता बराबर ०.५० कित्ताका दरले हुन आँउने ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

हकप्रद सेयर वितरण पश्चात् कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन र विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

विशेष साधारणसभा प्रयोजनका लागि जेठ ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जेठ ३१ गतेसम्म कायम सेयरधनीहरु मात्रै साधारणसभामा भाग लिन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.