नेपाल पुनर्बीमाले गर्यो २९ करोड नाफा, जगेडा कोष ६ अर्ब १७ लाख रुपैयाँ पुग्यो

  २०८० जेठ २३ गते ७:४८     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ४६ करोड ४५ लाख रुपैयाँ नाफा गरेको छ भने जीवन बीमा व्यवसायमा १७ करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ । दोस्रो त्रैमासमा कम्पनीले कूल २९ करोड २४ लाख ६७ हजार रुपैयाँ खुद नाफा गरेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ३३ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो भने जीवन बीमा व्यवसायमा ४ करोड ४७ लाख रुपैयाँ नोक्सानीमा थियो । अघिल्लो वर्ष कम्पनीले २९ करोड १४ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

पुस मसान्तसम्ममा कम्पनीको खुद बीमाशुल्क निर्जीवन व्यवसायबाट १ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट १ अर्ब ८४ लाख रुपैयाँ गरी कूल २ अर्ब ८० करोड ७१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ४ अर्ब १७ करोड ४० लाख रुपैयाँ र जीवन व्यवसायबाट ७८ करोड ४० लाख रुपैयाँ गरी कूल ४ अर्ब ९५ करोड ८० लाख रुपैयाँ खुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै, कम्पनीले ६ महिनाको अवधिमा निर्जीवनतर्फ १ अर्ब ९९ करोड ११ लाख रुपैयाँ र जीवन तर्फ ८२ करोड ४८ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन तर्फ १ अर्ब ९८ करोड २१ लाख रुपैयाँ र जीवन बीमा तर्फ ४९ करोड ८३ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ र बीमा कोष २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोष निर्जीवनतर्फ ५ अर्ब ८९ करोड १० लाख रुपैयाँ र जीवन बीमा तर्फ २८ करोड ७६ लाख रुपैयाँ गरी ६ अर्ब १७ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोष निर्जीवनतर्फ ३ अर्ब ५५ करोड ३४ लाख रुपैयाँ र जीवन बीमा तर्फ ५७ करोड ८४ लाख रुपैयाँ गरी कूल ४ अर्ब १३ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.५१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७४.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३३.०१ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.