आइएमएफले इसीएफको दोस्रो किस्ता वापतको ७ अर्ब रुपैयाँ दिने

  २०८० वैशाख १९ गते १२:२७     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई दिने भनिएको ७ अर्ब रुपैयाँ सहुलियत ऋण उपलब्ध गर्ने निर्णय गरेको छ । नेपाललाई विस्तारित कर्जा सुविधा (इसीएफ)अन्तर्गतको ५ करोड २८ लाख अमेरिकी डलर अर्थात् ६ अर्ब ९० करोड रुपैयाँ नेपाललाई उपलब्ध गराउन सहमत भएको हो ।

अमेरिकाको वासिङ्टन डिसीमा बसेको आइएमएफ बोर्ड बैठकले नेपाललाई सो कर्जा सुविधा दिने निर्णय गरेको हो । कोषले विस्तारित कर्जा सुविधा लिँदा गरेको प्रतिबद्धतालाई समीक्षा गर्दै दोस्रो किस्ता प्रदान गर्ने निर्णय गरेको हो ।

आइएमएफले नेपाललाई उपलब्ध गारउने भनिएपनि १ वर्षदेखि दोस्रो किस्ताको रकम रोकिएको थियो । अर्थमन्त्री डा. प्रकाश शरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लिँदा गरेका प्रतिबद्धता अनुसार नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाएपछि दोस्रो किस्ता वापतको रकम निकासा गर्ने निर्णय गरेको हो ।

योसँगै नेपालले सुविधावापत १५ करोड ७४ लाख अमेरिकी डलर खर्च गर्न प्राप्त गर्ने भएको छ । यसअघि पहिलो किस्ता बापत ११ करोड अमेरिकी डलर प्राप्त गरिसकेको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आईएमएफसँग वि.सं. २०७८ पुस २८ गते विस्तारित कर्जा सुविधाअन्तर्गत ३९ करोड ८८ लाख अमेरिकी डलर प्रदान गर्न सम्झौता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.