रोजगारी खोज्नेको लागि सिद्धार्थ इन्स्योरेन्समा सुनौलो अवसर

  २०८० वैशाख १३ गते १६:२९     विकासन्युज

काठमाडौं । रोजगारी खोज्नेहरुको लागि खुसिको खबर छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

इन्स्योरेन्सले बुधबार एक सुचना जारी गर्दै मार्केटिङ विभाग अन्तर्गतमा जूनियर एसिस्टेन्टदेखि असिस्टेन्ट मनेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेका छन् ।

इन्स्योरेन्सले मिदी हेल्थ डिपार्टमेन्टमा जुनियर अफिसका लागि १ जना र इन्भेष्टमेन्ट डिपार्टमेन्टका लागि अफिसरमा १ जनाका लागि कर्मचारीको माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि स्नात्तक तहदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने इन्स्योरन्सले जनाएको छ । इन्स्योरन्सले आफ्ना विभिन्न शाखा कार्यालयका लागि कर्मचारको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले बैशाख २३ गतेभित्र आवेदन दिनुपर्ने इन्स्योरन्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.