महासंघको वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठको मनोनयन दर्ता

  २०७९ चैत २१ गते १३:४८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्क्षका उम्मेदवार उमेशलाल श्रेष्ठले पनि मनोनयन दर्ता गरेका छन् । उनले दिउँसो महासंघको सचिवालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

उनीसँगै उनको टीमबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फ हेमराज ढकाल र एसोशिएटतर्फमा भरतराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।

आचार्यलाई अञ्जन श्रेष्ठको समूहले पनि समर्थन गरेको छ । एसोशिएट तर्फको उपाध्यक्षमा उमेशलाल र अञ्जनका साझा उम्मेदवार आचार्य बनेका छन् । अञ्जनको टिममा एसोशिएट उपाध्यक्षका उमेद्वार प्रवलजंग पाण्डेले उम्मेदवारी फिर्ता लिएपछि भरत आचार्य दुइटै टिमको साझा उम्मेदवार बनेका हुन् ।

वरिष्ठ उपाध्यक्षका अर्का प्रतिस्पर्धी रामचन्द्र संघईको समूहबाट एसोशिएट उपाध्यक्षमा उम्मेदवारी दिएकी ज्योत्सना श्रेष्ठसँग अब आचार्यको प्रतिस्पर्धा हुनेछ । यद्यपि, आचार्यले श्रेष्ठसँग पनि सहमति गर्ने छलफल भइरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.