भरत बने उमेशलाल र अञ्जनका साझा उम्मेदवार, पछि हटे प्रवलजंग

  २०७९ चैत २१ गते १२:२०     विकासन्युज

काठमाडौं । भरतराज आचार्य उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठका साझा उम्मेदवार बनेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठका साझा उम्मेदवार आचार्य बनेका हुन् ।

यसअघि अञ्जनको समूहबाट एसोशिएट उपाध्यक्षमा उम्मेदवारी दिने बताएका प्रवलजंग पाण्डे पछि हटेपछि भरतराज आचार्य दुवै जनाका साझा उम्मेदवारका रुपमा अगाडि बढेका हुन् ।

आचार्य दुवै समूहका साझा उम्मेदवार बनेसँगै उनले वरिष्ठ उपाध्यक्षका अर्का प्रतिस्पर्धी रामचन्द्र संघईको समूहबाट एसोशिएट उपाध्यक्षमा उम्मेदवारी दिएकी ज्योत्सना श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रवलजंगले दोस्ती कहिल्यै नछाड्ने भन्दै आफु प्रतिस्पर्धाबाट पछि हटेको बताए छन् । ‘म दोस्तीमाथि घात गर्दैन्, म दोस्ती कहिल्यै छोड्दिन, हाम्रो सम्बन्ध लामो समयदेखिको हो, त्यसैले मैले आचार्यलाई साथ दिएँ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.