मिटर ब्याज पीडितलाई मेयर बालेनले भने : प्रधानमन्त्री निवासमा गएर धर्ना दिनुस्

  २०७९ चैत १४ गते १०:४५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले मधेसदेखि काठमाडौंसम्म हिँडेर आएका मिटरब्याज पिडितलाई प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन सुझाव दिएका छन् । समस्या समाधानको लागि दबाब दिन उपयुक्त ठाउँ प्रधानमन्त्ती निवास बालुवाटार भएको सुझाव दिएपछि गएको प्रमुख शाहले बताएका छन् ।

‘खुलामञ्चको विषयमा अनावश्यक उर्जा खर्चिन भन्दा समस्या समाधानको लागि दबाब दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिएपछि उहाँहरु बालुवाटारतिर लाग्नुभएको छ’, शाहले आफ्नो स्टाटसमा लेखेका छन् ।

महानगरका प्रमुख ‘बालेन’ले मिटरब्याज पिडितहरुलाई शिबिरको व्यवस्था गरेर राख्नुभन्दा न्यायको अनुभूति दिलाएर घर फर्किने वातावरण बनाउनुर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रमुख शाहले पिडितहरुलाई खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद रहेको बताएका छन् ।

‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो, शिविर बनाएर महिनौं वा वर्षौं बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केहि घण्टामा न्यायको अनुभूति दिलाउनुपर्ने हो, यसो नगरी सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ’, प्रमुख बालेनले लेखेका छन् ।

पिडितहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौं आइपुग्नुले संघीयतालाई प्रश्न गरेको प्रमुख शाहले बताएका छन् । सरकारले छिटो चासो दिनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.