वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको टीमले पायो पूर्णता

  २०७९ चैत १३ गते १९:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठको टीमले पूर्णता पाएको छ । लामो समयको छलफलपछि आज भएको बैंठकबाट श्रेष्ठ समुहको टीमले पूर्णता पाएकाे उनकाे सचिवालयले जनाएकाे छ ।

उक्त समुहबाट वरिष्ठ जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उठ्ने भएका छन् । यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए ।

यस्तै, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल रहेका छन् भने एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य उठ्ने भएका छन् ।

पदाधिकारीको टुङ्गो लगाएको सो समुहले सबै समुहका सदस्यहरुको समेत टुङ्गो लगाएको सचिवालयले जानकारी दिएको छ ।

‘हामीले ६० प्रतिशत पुराना जितेका तथा यस अघि उठेका र ४० प्रतिशत नयाँ साथीहरुलाई समावेश गरेर सदस्यहरुको टुङ्गो लगाएका छौं, ‘पदाधिकारी तहको सबै टुङ्गो लाग्यो तर सदस्यहरुमा आवश्कताका आधारमा सबैलाई समेट्नेगरी एक दुई जना साथीहरु थपघट हुन सक्छन्,’ सचिवालयद्वारा जारी सूचनामा भनिएकाे छ ।

श्रेष्ठकाे समुहले यसै हप्ता विशेष कार्यक्रमबीच उम्मेदवारी घोषणा गर्ने बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.