४ कम्पनीको सेयरमा लाग्यो सर्किट

  २०७९ चैत १३ गते १५:१५     विकासन्युज

काठमाडौं । सोमबार चार कम्पनीको सेयरमा सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार नेप्सेको तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट र एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

सकारात्मक सर्किट लाग्नेमा क्रमशस् सुपर माइ हाइड्रोपावर, एसियन हाइड्रोपावर र कालिन्चोक दर्शन लिमिटेड रहेको छ ।

यस्तै, नकारात्मक सर्किट लाग्नेमा नेशनल माइक्रोफाइनान्सको रहेको छ । कम्पनीको लाभांश राष्ट्र बैंकले घटाएर पठाएपछि कम्पनीको सेयर मूल्यमा त्यसको प्रभाव परेको हो ।

आज नेप्से १७.७० अंकले बढेर १९०६ विन्दुमा पुगेको छ । यसरी बजार बढ्दा ४३ लाख कित्ता सेयर किनबेच भई एक अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार गर्नेमा हिमालयन डिस्टिलरीका सेयरधनीहरु रहेका छन् । कम्पनीको आज ५ करोड ९० लाखको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.