२६ अंकले घट्याे सेयर बजार, ६ कम्पनीकाे सेयरमा सर्किट

  २०७९ चैत १२ गते १५:०९     विकासन्युज

काठमाडौं । आइतबार सेयर बजार २६.८७ अंकले घटेको छ ।  नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार आइतबार सेयर बजार घटेर १८८८.२७ विन्दुमा पुगेको छ ।

यसरी बजार घट्दा १९२ कम्पनीको सेयर मूल्यमा गिरवाट आएको छ भने १९ कम्पनी सेयर मूल्य वृद्धि भएको छ । यस्तै, २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

नेप्सेको अनुसार आज ६ कम्पनीको सेयरमा सर्किट लागेको छ । ४ कम्पनीको सेयरमा नकारात्मक सर्किट र २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

नकारात्मक सर्किट लाग्नेमा जिवन विकास लघुवित्त वित्तिय संस्था, जाल्पा लघुवित्त वित्तिय संस्था, युनिक नेपाल लघुवित्त वित्तिय संस्था र महिला लघुवित्त वित्तिय संस्था रहेको छ भने सकारात्मक सर्किट लाग्नेमा माया खोला हाइड्रोपावर र एसियन हाइड्रोपावर रहेको छ ।

आज ३७ लाख कित्ता सेयर किनबेच हुँदा कुल एक अर्ब २८ करोडको कारोबार भएको छ  जसमा सबैभन्दा बढी कारोबार गर्नेमा हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको आज ८६ करोडको सेयर कित्ता सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.