नेप्सेमा प्रभु बैंकको १० करोड ७७ हजार कित्ता सूचीकृत, सेञ्चुरी बैंकको सूचीकरण खारेज

  २०७९ चैत १ गते १३:५८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु बैंकको सेयर सूचीकृत भएको छ । साविकको सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरे पश्चात कामय सेयर नेप्सेमा प्रभु बैंकमा सूचीकृत भएको हो ।

साविकको सेञ्चुरी बैंकलाई प्रभु बैंकले १ः१ स्वाप रेसियो अनुपातमा प्राप्ति गरेपश्चात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० करोड ७७ हजार १९८.८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । धितोपत्र सूचीकरण विनियमावली अनुसार दोस्रो बजारमा किनबेच गर्न मिल्ने गरी उक्त सेयर नेप्सेमा सूचीकृत भएको हो ।

अब नेप्सेमा प्रभु बैंकको कूल २३ करोड ५४ लाख २४ हजार ८९९ कित्ता सेयर पुगेको छ भने नेप्सले सेञ्चुरी बैंकको सूचीकरण खारेज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.