आइपीओ ल्याउँदै सिकोस हाइड्रोपावर, एनआईबिएल एस क्यापिटलसँग गर्यो सम्झौता

  २०७९ फागुन ३० गते ११:५४     विकासन्युज

काठमाडौं । सिकोस हाइड्रोपावरले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले एनआईबिएल एस क्यापिटलसँग संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपीओ सम्झौता गरेको छ ।

सम्झौतामा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा सिंकोस हाइड्रोपावर कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक सुर्यप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।

सिंकोस हाइड्रोपावर प्राइभेटले नेपालमा स्वच्छ र नवीकरणीय ऊर्जा उपलब्ध गराउने लक्ष्य सहित सिंकोस खोला जलविद्युत आयोजना सञ्चालन गर्दैछ । यस आयोजनाको क्षमता ३.४५ मेगावाट रहेको छ ।

यस कम्पनीले प्राइभेटबाट पब्लिक कम्पनीमा परिणत भएर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्ने तयारीका गरिरहेको छ ।

उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटलले सिंकोस हाइड्रोपावर कम्पनीलाई सर्वसाधारण सेयर निष्काशन पूर्व र निष्काशनको अवधिमा संस्थागत परामर्श सेवा मार्फत व्यवसायिक योजना बनाउन, पूँजी संकलन गर्न, ऋण व्यवस्थापनमा वित्तिय संस्था र व्यवसायी बिच मध्यस्थता गर्न र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श सेवा प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.