एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, गत वर्षकोभन्दा कम

  २०७९ फागुन ३० गते ११:२६     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८.९४ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैठकले ८.५० प्रतिशत बोनस सेयर र ०.४४७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश गत वर्षको भन्दा ६.३१ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले १५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रस्तावित लाभांश आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.