सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?

  २०७९ फागुन ३० गते ८:०८     विकासन्युज

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २० गते १८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आभ्या क्लब घारिपाटन पोखरा कास्कीमा बिहा ११ बजे साधारण सभा बोलाएको हो ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साथै, प्रबन्धपत्र संशोधन गर्ने र सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछ ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि चैत १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.