यी ३ लघुवित्तको आजसम्म सेयर खरिद गरे २७ प्रतिशतसम्म लाभांश पाइने

  २०७९ फागुन ३० गते ७:५७     विकासन्युज

काठमाडौं । विभिन्न ३ लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । मनकामना स्मार्ट लघुवित्त, समता घरेलु लघुवित्त र आरएमडीसी लघुवित्तको लाभांश तथा साधारण सभा सुरक्षित गर्ने आज फागुन ३० गते अन्तिम दिन हो ।

यी तीन लघुवित्त संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १० गते बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले आज फागुन ३० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम हुने सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् ।

मनकामना स्मार्ट लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले पाँचौ वार्षिक साधारण सभा चैत १६ गते सिद्धार्थनगर रुपन्देहीमा दिउँसो १ बजे बोलाएको छ ।

यस्तै, समता घरेलु लघवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले नवौं वार्षिक साधारण सभा चैत ११ गते धुलिखेलमा बिहान ११ः३० बजे बोलाएको छ ।

यस्तै, आरएमडीसी लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र १.३६ प्रतिशत नगद गरी कूल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले २४ औँ वार्षिक साधारण सभा चैत १० गते काठमाडौंमा बिहान ११ बजे बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.