कुमारी क्यापिटलले चैत ९ गतेदेखि सुनौलो लगानी योजना बिक्री गर्दै

  २०७९ फागुन ३० गते ७:०६     विकासन्युज

काठमाडौं । कुमारी क्यापिटलले चैत ९ गतेदेखि कुमारी सुनौलो लगानी योजना निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री गर्नेछ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो फण्ड खुलामुखि योजना हो ।

क्यापिटलले १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक कुमारी बैंकलाई सुरक्षित राखी प्रथम पटक सार्वजनिक निष्काशन मार्फत ३५ करोड रुपैयाँ बराबरको ३ करोड ५० लाख इकाई सार्वजनिक रुपमा निष्काशन गर्नेछ । साथै, क्यापिटलले प्रथम चरणमा ५० करोड रुपैयाँको ५ करोड इकाई बिक्री गर्नेछ । इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीको लागि खुल्ला गर्नेछ ।

क्यापिटलको उक्त फण्डमा लगानीकर्ताले छिटोमा चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण आवेदन नपरेमा चैत २३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

क्यापिटलको फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.