कालिञ्चोक हाईड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट

  २०७९ फागुन २९ गते १७:०६     विकासन्युज

काठमाडौं । कालिञ्चोक हाईड्रोपावरले सर्वसाधारणको लागि ६ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यसको लागि आरविवि मर्चेन्ट बैंकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यसको लागि कालिञ्चोक हाईड्रोपावरको तर्फबाट अध्यक्ष ईन्दिरा पन्त र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

५ मेगावाट कालिञ्चोक हाईड्रोपावर दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ८ मा निर्माणधीन अवस्थामा छ ।

आरविवि मर्चेन्ट बैकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.