नेप्सेमा ९ बैंकको साढे ६ करोड कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

  २०७९ फागुन १९ गते १९:३८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ९ वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको छ । गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएका हुन् ।

हालसम्म सानिमा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र साविकका सिभिल बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, नेपाल क्रेडिट एण्ड कमर्स बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यी सबैको बैंकको गरी कूल ६ करोड २९ लाख ९१ हजार ४४५.२४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सानिमा बैंकको १० प्रतिशत बोनस वापतको १ करोड १३ लाख २७ हजार ३७७.३३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.९८ प्रतिशत नगद गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, एभरेष्ट बैंकको १३ प्रतिशत बोनस वापतको १ करोड २३ लाख ७ हजार ५४२.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, हिमालयन बैंकको ८ प्रतिशत बोनस सेयर वापत १ करोड ३ लाख ७४ हजार ९८०.५८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ११.११ प्रतिशत नगद गरी कूल १९.११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, ग्लोबल आइएमई बैंकको ३ प्रतिशत बोनस वापतको ७१ लाख ३८ हजार ७२६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ प्रतिशत बोनस वापतको ७३ लाख २३ हजार १६.५३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, साविकको सिभिल बैंकको ५ प्रतिशत बोनस वापतको ४५ लाख ३७ हजार ९२१.९५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरि कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, साविकको मेगा बैंकको ४ प्रतिशत बोनस सेयर वापतको ६४ लाख ४८ हजार १८४.५८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बानेस सेयर र कर प्रयोजनार्थ ३.७९ प्रतिशत नगद गरी कूल ७.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, साविकको बैंक अफ काठमाण्डूको ६ प्रतिशत बोनस वापतको ६३ लाख ७४ हजार ३९६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १४.९५ प्रतिशत नगद गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ३.३६६३ प्रतिशत बोनस वापतको ३७ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको होे । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ३.३६६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.६३३७ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.