मोलुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, ७ हजारको आवेदन रद्द

  २०७९ फागुन १९ गते १७:२५     विकासन्युज

काठमाडौं । फागुन १९ गते, शुक्रबार मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता शेयर निष्काशन गरेको थियो।

सो आईपीओमा कुल १४ लाख २४ हजार ३५१ जनाले कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १४ लाख १७ हजार ३४६ आवेदन स्वीकृत भएको छ भने ७ हजार ५ जना आवेदन रद्द भएको छ ।

गोलाप्रथा प्रणालीबाट सेयर बाँडफाँट गर्दा दुई लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । सोमध्ये ५ जनाले भने थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.