स्वावलम्बन लघुवित्तको २१ प्रतिशत लाभांश पारित

  २०७९ फागुन १९ गते १५:४८     विकासन्युज

काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाकाे २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएकाे छ । संस्थाकाे शुक्रबार काठमाडाैंमा सम्पन्न २१ औं वार्षिक साधारण सभाले प्रस्ताव पारित गरेकाे हाे ।

उक्त साधारण सभाले संस्थाको आ.व.२०७९/८० को लेखापरीक्षण गर्नको लागि सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेकाे छ ।

सभाले अन्य इजाजतपत्र प्राप्त एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर/प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ मा २९ करोड ५ लाख १४ हजार १ सय १० रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७८/७९ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

सभाले संस्थाको अधिकृत पूँजी २ अर्ब रुपैयाँ र जारी तथा चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५ सय कायम गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

चालु आ.व.को पौष मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालय मार्फत २ लाख ६३ हजार ७० महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम २० अर्व ७० करोड ५० लाख पुगेको छ भने सदस्यको बचत यस अवधिसम्ममा १२ अर्व ६९ करोड ७ लाख रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.