लाभांश पारित गर्न कृषि विकास बैंकले बोलायो साधारण सभा

  २०७९ फागुन १९ गते १४:००     विकासन्युज

काठमाडाैं । कृषि विकास बैंकले लाभांश पारित गर्न साधारण सभा बाेलाएकाे छ । बैंकले गत वर्षकाे नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न चैत १४ गते साधारण सभा बाेलाएकाे हाे ।

सभाले हाल कायम चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले अविमोच्य असंचिति अग्राधिकार सेयरधनीहरुलाई ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, सर्वसाधारण सेयधरनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले फागुन ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ । यसकाे अर्थ फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.