नेपाल इन्स्योरेन्सको बोनस खातामा, दशमलब पछिको अंकलाई १ सेयरमा परिणत गर्दा शुल्क लाग्ने

  २०७९ फागुन १९ गते ७:४९     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्न सुरु गरेको छ । इन्स्योरेन्स कम्पनीको गत पुस २२ गते सम्पन्न ७४ औं वार्षिक साधारण सभाले पारित गरेको ८ प्रतिशत बोनस सेयर सेयरधनीहरुको खातामा जम्मा गरेको हो ।

इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरिएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२११ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । साथै हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ ।

बोनस जारी गर्दा हुन आउने दशमलब पछिको अंकलाई १ सेयरमा परिणत गर्दा लाग्ने शुल्क सेयरधनीहरु स्वयंले नै भुक्तानी गर्नुपर्ने कपनीले बताएको छ । उक्त शुल्क बैंक खातामा जम्मा गरेपछि मात्र हितग्राही खातामा सेयर जम्मा गरिने कम्पनीले जनाएको हो । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.