२०७९ माघ २५ गते १२:२८ विकासन्युज
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै ३० जनाका लागि कर्मचारी मागेको हो ।
कम्पनीले सुपरभाइजर बरिष्ठ सहायक/ शाखा प्रमुखका लागि ५ जना, सहायक पदका लागि १० जना र कनिष्ठ सहायकका लागि १५ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारकाे माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले फागुन १० गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.