काठमाडौंको बबरमहल र सुन्धारामा फाइभजी परीक्षण गर्दै एनटीसी

  २०७९ माघ २२ गते १२:३२     विकासन्युज

काठमाडौं । आजदेखि नेपाल टेलिकमले फाइभजी सेवाको परीक्षण सुरु गरेको छ । टेलिकमले आफ्नो १९ औँ वार्षिकोत्सवको अवसरमा फाइभजीको आन्तरिक परीक्षण सुरु गरेको हो ।

आजदेखि आन्तरिक परीक्षण सुरु भएतापनि ग्राहकले त्यसको उपयोग गर्न पाउने छैनन् । फाइभजी नेटवर्कको आन्तरिक परीक्षण कम्पनीले आफ्नो बबरमहल र सुन्धारा स्थित कार्यालयबाट गर्दैछ । साथै केही समयपछी पोखरामा पनि परीक्षण थालिने कम्पनीले जनाएको छ ।

टेलिकमले भिभो, ह्वावे, साओमी, सामसङ लगायत ब्रान्डका फाइभजी स्मार्टफोनमा यो सेवाको परीक्षण हुने जनाएको छ ।

यसअघि नेपाल टेलिकमले अंग्रेजी नयाँ वर्षदेखि फाइभजी सेवा परीक्षणको रुपमा शुरु गर्ने योजना बनाएको भएपनि बजारमा डिभाइस कम हुँदा परीक्षण स्थगित गरेको थियो ।

फाइभजी सपोर्ट गर्ने मोबाइल डिभाइस कम हुँदा तत्कालका लागि परीक्षण स्थगित गरिएको त्यस बेला जानकारी दिएको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई फाइभजीका लागि २६०० फ्रिक्वेन्सीको अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.