एनआइएमबिले सुरु गर्यो पिओएसमा क्युआर र एनएफसि मार्फत भुक्तानी सेवा

  २०७९ माघ २२ गते ११:४४     विकासन्युज

काठमाडाैं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिनपिओएसिबाट नेपालपे ट्याप र नेपालपे क्युआर सेवाको थालनी गरेको छ ।

ग्राहकहरूले अब मर्चेन्ट प्वाइन्टहरुको डिभाइसहरूमा आफ्नो एनएफसि उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । अब इन्टरनेट बिना पनि ग्राहकले नेपालपे ट्याप मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।

त्यसैगरी, डायनामिक नेपाल पे क्युआरलाई एनआइएमबिले आफ्नो फिनपिओएसमा उपलब्ध क्युआर भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्टआइपिएस प्रयोग गर्न सकिन्छ ।

एनआइएमबिले सुरुवात गरेको पिओएस डिभाइसमा क्युआर र एनएफसि मार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो भएकाे बैंककाे दावी छ ।

एनएफसी प्रविधिमा आधारित नेपालपे ट्यापले दुईवटा डिभाइसहरु बीचको निकटताको आधारमा सुरक्षित भुक्तानी कारोबार गर्दछ । यो पिटुपि र पिटुएम भुक्तानीहरूको लागि कन्ट्याक्टलेस भुक्तानीको माध्यम हो ।

ग्राहकलाई एनएफसि सम्बन्धी भुक्तानीको लागि आफ्नो फोनमा इन्टरनेटको आवश्यकता पर्दैन । यससँगै अब ग्राहकले पिओएसबाट भुक्तानी गर्दा कार्डको प्रयोग बिना नै आफ्नो फोन फिनपिओएसमा ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

हाल यो सेवा कनेक्ट आइपिएस मोबाइल एप मार्फत उपलब्ध रहेको बैंकले जनाएकाे छ । यो सुविधा प्रयोग गर्न भुक्तानीकर्ताको मोबाइलमा एनएफसि इनेबल भएको हुनुपर्दछ ।

हाल नेपालपे ट्यापको कारोबार सीमा प्रति कारोबार ५ हजारसम्म रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.