राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर राणाको निधन

  २०७९ माघ २२ गते ९:२१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर राणाको निधन भएको छ । आइतबार बिहान ८ बजे ९७ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि बिरामी रहेका प्रथम गभर्नर राणा नर्भिक अस्पतालमा उपचाररत थिए । उनको आजै बिहान ११ बजे अन्तिम संस्कार गरिने बताइएको छ । राणाका २ छोरा र २ छोरी छन् । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा उनका छोरा हुन् ।

उनी अप्रिल १९५६ देखि फेब्रुअरी १९६१ सम्म नेपाल राष्ट्र बैंकको गभर्नर भएका थिए । उनले पछि हिमालयन बैंक स्थापना गरेका थिए । हिमालय शमशेर राणा प्रधानमन्त्री श्री ३ देव शम्शेरको नाती हुन् । उनी वि.सं. २००७ सालपछि ५ वर्ष देशको पहिलो अर्थसचिव भएर काम पनि गरेका थिए । उनले नेपाली रुपैयाँको चलनचल्तीमा ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.