मिर्मिरे लघुवित्तले कमायो साढे ५ करोड नाफा, ईपीएस १७.४१ रुपैयाँ

  २०७९ माघ २२ गते ७:४७     विकासन्युज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५८.८२ प्रतिशत घटेर ५ करोड ६८ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १३ करोड ८१ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी २२.७४ प्रतिशत घटेर २४ करोड ७ लाख ७२ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३१ करोड १६ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको सञ्चालन नाफा ५८.८२ प्रतिशत घटेर ८ करोड १२ लाख रुपैयाँ र वितरणयोग्य नाफा ४२ लाख १ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५.१५ प्रतिशत बढेर ६५ करोड ३३ लाख ८२ हजार रुपैयाँ, जगेडा कोष १६ प्रतिशत बढेर ३२ करोड ४२ लाख रुपैयाँ, सापटि रकम ५ अर्ब ३२ करोड २० लाख ५९ हजार रुपैयाँ, निक्षेप ८.१७ प्रतिशत बढेर २ अर्ब ८३ करोड ८४ लाख ६६ हजार रुपैयाँ र कर्जा १.१८ प्रतिशत घटेर ८ अर्ब ७६ करोड ७ लाख २९ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी १७.४१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५.५७ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा ३.८४ प्रतिशत र लागत ११.७२ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.