नेपाल लाइफको नाफामा २३७.२९ प्रतिशत फड्को, जीवन बीमा कोष डेढ खर्ब पुग्यो

  २०७९ माघ २२ गते ७:२९     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३७.२९ प्रतिशत बढेर ४४ करोड १ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क सामान्य बढेर १८ अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन १.२९ प्रतिशत बढेर १८ अर्ब ६२ करोड ७४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ अर्ब ३९ करोड ५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै, समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १६ प्रतिशत बढेर ८ अर्ब ४४ करोड २५ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ३० करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ७ अर्ब ८२ करोड ७६ करोड रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको थियो ।

पुस मसान्तसम्म कम्पनीको लगानी २०.४६ प्रतिशत बढेर १ अर्ब ५६ करोड ४५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २९ करोड ८७ लाख ५७ हजार रुपैयाँ लगानी गरेको थियो । यस्तै, कम्पनीले ५१ प्रतिशत सेयर बराबरको रकम १५.२० करोड दिर्घकालीन क्षेत्रमा लगानी गरेको छ ।

कम्पनीको अभिकर्ता कमिशन भने घटेको छ । यस अवधिमा कम्पनीले १ अबए ५३ करोड ८० लाख ५१ हजार रुपैयाँ अभिकर्तालाई कमिशन दिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ४६ लाख ८२ हजार रुपैयाँ अभिकर्तालाई कमिशन दिएको थियो ।

६ महिनाको अवधिमा कम्पनीको चुक्ता पूँजी १४ प्रतिशत बढेर ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ, जगेडा कोष ७२.५८ प्रतिशत घटेर ४८ करोड ४ लाख ४९ हजार रुपैयाँ, जीवन बीमा कोष २१ प्रतिशत बढेर १ खर्ब ५० अर्ब ८५ करोड ६४ लाख ८२ हजार रुपैयाँ र महाविपत्ती कोष १६ प्रतिशत बढेर ८३ करोड ३६ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १०.७३ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.०१ रुपैयाँ र मूल्य अनुपात आम्दानी ६८.४४ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.