फर्स्ट एसजी इन्टर स्कुल फुटसल प्रतियोगिता सम्पन्न, एनआइसी एकेडेमीले पहिलो

  २०७९ माघ २० गते १८:०९     विकासन्युज

काठमाडौं । फर्स्ट एसजी इन्टर स्कुल फुटसल प्रतियोगिता सम्पन्न भएको छ । सप्तगण्डकी डोजोले आयोजना गरेको फुटसल प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।

उक्त एकदिन प्रतियोगितामा एनआइसी एकेडेमीले पहिलो स्थान हासिल गरेको छ भने किङडम हिमालयन बोर्डिङ स्कुलले दोस्रो हुन सफल भएको छ ।

यस्तै, खेलको ‘म्यान अफ दि म्याच’को उपाधी एनआइसी एकेडेमीका अनिस जोशीले पाएका छन् भने ‘बेस्ट गोलकिपर’को उपाधी किङडम हिमालयन बोर्डिङका विष्णु तामाङले पाएका छन् ।

फुटसल प्रतियोगितामा ८ वटा स्कुलको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.