बीजबजारमा ७० प्रतिशतसम्मको छुट पाइने

  २०७९ माघ १९ गते १५:५२     विकासन्युज

काठमाडौं । बीजबजारमा सेवाग्राहीहरूले ७० प्रतिशतसम्मको छुट पाउने भएका छन् । ई–कमर्स प्लेटफर्म बिजबजारले माघ महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा’ बिज अफरमा सेवाग्राहीले ७० प्रतिशतसम्मको छुट दिने भएको हो ।

अफरका केही योजनाहरू माघ २२ गतेसम्म उपलब्ध हुने कम्पनीले बताएको छ । बिजबजारले माघ २० गते फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ जहाँ सेवाग्राहीहरूले तथा विजेताहरूले डिस्काउन्ट कुपन तथा मोबाइल टप अप जित्न सक्नेछन् ।

२० मा बिजका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ ।

सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर ‘बिजबजारको अनलाइन सपिङ’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्यापटप वा डेस्कटपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै टाइप गरेर पनि यो सेवा लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.